नयाँ गुणस्तरीय उत्पादन शक्तिले चीनको उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने छः चीनकालागि टर्कीका राजदूत
2024-03-18 15:06:07cri
Share with:

चीनका दुई राष्ट्रिय अधिवेशनको क्रममा चीनकालागि विदेशी राजदूतहरू चिनियाँ राष्ट्रिय जन कांग्रेस र चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक अधिवेशनको उद्घाटन समारोहमा उपस्थिति हुनुभएको छ।

चीनका लागि टर्कीका राजदूत इस्माइल हाकी मूसाले अन्तर्वार्ता दिँदै चीनले आफ्नो विकास ढाँचाको छनौट गरेको तथा अर्थतन्त्र, राजनीति, विज्ञानआदि क्षेत्रहरुमा ठूलो उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनको प्रधानतामा नयाँ गुणस्तरीय उत्पादन शक्तिले चीनको उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने पनि बताउनुभयो।

राजदूत मूसाले चीनले शुरु गरेको नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास ढाँचाले युगसित अनुकूल हुने नवोदित व्यवसाय र भावी व्यवसायको सिर्जना गर्ने र यो नै चीनले श्रमिकको गुणस्तरलाई माथि उकास्न तथा चिनियाँ उद्योग-व्यवसायको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्तिलाई बढाउनका लागि हितकर हुने बताउनुभयो।