जनवरीदेखि फेब्रुअरीसम्म राष्ट्रिय अर्थतन्त्र स्थिर रुपमा वृद्धिःचिनियाँ राष्ट्रिय तथ्यांक ब्यूरो
2024-03-18 14:58:17cri
Share with:

चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले सन् २०२४ को जनवरीदेखि फेब्रुअरीसम्म अर्थतन्त्रको तथ्यांक सार्वजनिक गरेको छ। जनवरीदेखि फेब्रुअरीसम्म उत्पादन माग स्थिर रुपमा वृद्धि भएको छ। रोजगार र वस्तुको मूल्य स्थिर छन्। राष्ट्रिय अर्थतन्त्र निरन्तर रुपमा राम्रो प्रवृत्तितर्फ विकास भएको छ।

जनवरीदेखि फेब्रुअरीसम्म औद्योगिक उत्पादनले गति प्रदान गरेको छ। उपभोग्य वस्तुको उत्पादन व्यवसाय र उच्च प्रविधिको उत्पादन व्यवसाय माथि उकासिएको छ।

जनवरीदेखि फेब्रुअरीसम्म चीनको सेवा व्यवसायको उत्पादन सूचकांकमा गत वर्षको सोही अवधिको तुलनामा ५.८ प्रतिशतले वृद्धि भएको छ। सामाजिक उपभोग्य वस्तुको खुद्रा-बिक्री कुल रकम ८१ खर्ब ३० अर्ब ७० करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको छ।

जनवरीदेखि फेब्रुअरीसम्म सामानको आयात-निर्यात कुल रकम ६६ खर्ब १३ अर्ब ८० करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ८.७ प्रतिशतले वृद्धि भएको छ।