अमेरिकी “लोकतन्त्र शिखर सम्मेलन”को दक्षिण कोरियामा सर्वसाधारणद्वारा विरोध
2024-03-18 16:09:29cri
Share with:

मार्च १८ तारिख बिहान दक्षिण कोरियाका विभिन्न सर्वसाधारण समूहका प्रतिनिधिहरूले सोलको केन्द्र भागमा भेला भएर अमेरिकी नेतृत्वमा आयोजना हुने “लोकतन्त्र शिखर सम्मेलन”को विरोध गरेका छन्।

भेलामा सहभागी प्रतिनिधिले एकपछि अर्को गरी भाषण गरेका छन्। उनीहरूले अमेरिकी नेतृत्वमा हुने “लोकतन्त्र शिखर सम्मेलन” लोकतन्त्रको नारा लिएर शित युद्ध रूपी कुटनीतिलाई प्रबर्द्धन गरी अन्तर्राष्ट्रिय सम्बन्धलाई द्वन्द्वमा फसाएको विचार व्यक्त गरेका छन्।

प्रदर्शनमा सहभागी सर्वसाधारणले अमेरिकाले लोकतन्त्र प्रचार गरे पनि इजरायलले प्यालेष्टाइनमाथि नरसंहार गर्न स्वीकार गरी ठूलो मात्राका सर्वसाधारण भोक तथा चिसोप्रकोपबाट मृत्यु भएको वास्तविकतामाथि वेवास्ता गरेको विचार व्यक्त गरेका छन्। उनीहरूले युन सेओक-यु प्रशासनले अमेरिकी कुटनीतिलाई अन्धाधुन्ध पछ्याइरहेको भन्दै निन्दा व्यक्त गर्नुका साथै दक्षिण कोरिया सरकारले राष्ट्रिय हितमाथि वेवास्ता गरी दक्षिण कोरियालाई छिमेकी देशसँग कूटनीतिक दुविधामा पुर्‍याएको बताएका छन्।