माल्दिव्सका युवा नायीफको चीन बसाइको कथा-१
2024-03-18 09:36:10cri
Share with:

चीन र माल्दिव्सका विभिन्न क्षेत्र बीचको व्यावहारिक सहयोगमा प्रशस्त उपलब्धिहरु भएका छन् भने दुई देश बीचको परम्परागत मित्रता निरन्तर रुपमा गहन हुँदै आएको छ। चालू वर्ष माल्दिव्सका युवा नायीफको चीन बसाइको दोस्रो वर्ष पनि हो।

सबैलाई नमस्कार, म नायीफ हुँ। मेरो चिनियाँ नाम फु चिनइ हो। म २५ वर्षको भएँ। अहिले म स छ्वान विश्वविद्यालयमा व्यापार संचालन विषय सम्बन्धी डाक्टर डिग्री अध्ययन गर्दै छु।

नायीफ सन् २०२३ को वसन्त ऋतुमा १० घण्टा बढी समयको हवाई यात्राबाट ३ हजार किलोमिटर टाढा रहेको माल्दिव्सबाट चीन आउनुभएको थियो। पहिला चीनको वैदेशिक आर्थिक तथा व्यापारिक विश्वविद्यालयबाट अनलाइनमार्फत् स्नातकोत्तर डिग्री प्राप्त गर्नुभएको थियो र उहाँले धेरै पटक चीनबारे परिकल्पना पनि गर्नुभएको थियो। तथापि विमान अवतरण गर्दा उहाँ निकै गद्गद हुनुभएको थियो। 

म चीनको भूमिमा पाइला टेकेको यो पहिलोपटक हो। मेरो लागि सबै कुरा ताजा थियो। किनभने हरेक ठाउँ तथा हरेक चीज मेरो मातृभूमिको तुलनामा फरक थियो।

माल्दिव्स हिन्द महासागरमा अवस्थित टापूहरुको एउटा मुलुक हो। त्यसको चारैतिर समुद्र छ। त्यसको खाना, संस्कृति तथा जीवनका विविध क्षेत्रहरू समुद्रसँग घनिष्ठ सम्बन्धित छ। नायीफको चीनमा पाइला टेकेको पहिलो स्थान स छ्वान प्रान्तको छङ तु शहर चीनको दक्षिण-पश्चिमी भागमा रहेको छ। यहाँका मौसम, खाना तथा संस्कृति उहाँको जन्मथलोको तुलनामा धेरै फरक छ।

खानेकुरामा धेरै भिन्नता छ। माल्दिव्समा बस्दा हामी हरेक दिन माछा खान्थ्यौँ, विशेष गरी टुना। छङ तुको खाना फरक छ।

तथापि आफू छिटै छङ तुको जीवनसँग अभ्यस्त होला भन्ने उहाँले विचार गर्नुभएको थिएन।

चिनियाँहरु निकै मिलनसार हुन्छन्। चीन पुगेको बेलामा नै मैले यस्तो अनुभव गरेको थिएँ। म यहाँका मानिसहरु, यहाँको संस्कृति र छङ तुबासीहरुको उत्साहलाई धेरै मन पराउँछु। ग्रीष्मकालीन विदाको अवधिमा मेरा चिनियाँ साथीले उहाँको परिवारसँग छुट्टी बिताउन निम्तो गर्नुहुन्छ। उहाँका नातेदारहरु निकै मिलनसार र उत्साहजनक हुनुहुन्छ।