चीनद्वारा अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण र आणविक अप्रसार प्रक्रियालाई अगाडि बढाउन आह्वान
2024-03-19 15:10:06cri
Share with:

मार्च १८ तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले आणविक निःशस्त्रीकरण र आणविक अप्रसार समस्यासम्बन्धमा खुला बैठकको आयोजना गरेको छ। चिनियाँ प्रतिनिधिले चीन कुनै पनि तरीकाको आणविक हतियारको होडबाजीमा संलग्न नहुने कुरा व्यक्त गर्नुका साथै अन्तर्राष्ट्रिय समाजसँग आणविक निःशस्त्रीकरण र आणविक अप्रसार प्रक्रियालाई अगाडि बढाउन आह्वान गर्नुभएको छ।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि चाङ च्युनले चीनले आणविक हतियारको चौतर्फी रुपमा निषेध र पूर्ण रुपमा नष्ट गर्ने अडान लिइरहेको तथा साठी वर्षअघि नै चीनले कुनै पनि बेला र कुनै पनि अवस्थामा सर्वप्रथम आणविक हतियार प्रयोग नगर्ने कुराको घोषणा गरेको भन्दै सबैभन्दा पारदर्शी नीति र सबैभन्दा दायित्वपूर्ण धारणा भएको बताउनुभयो।