बेइजिङमा चीन र अमेरिकाका युवाबीचको आदानप्रदान कार्यक्रम
2024-03-19 14:07:19CRI
Share with:

मार्च १८ तारिख, चाइना मिडिया ग्रुपले चीन-अमेरिका युवा विद्यार्थी आदानप्रदान संगठनसँग मिलेर “टाढाबाट आएका साथीहरू” चीन र अमेरिकाका युवाबीचको आदानप्रदान कार्यक्रम बेइजिङमा आयोजना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति प्रसार विभागका उपनिर्देशक र चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङ, अमेरिकाको वासिङ्टन स्तेलाकोम्म शहरका मेयर टिक मूरी र चिनियाँ शिक्षण अन्तर्राष्ट्रिय आदानप्रदान संगठनका उपसचिव फूपो सो कार्यक्रममा सहभागिता जनाउँदै सम्बोधन गर्नुभएको छ। अमेरिकाको वासिङ्टन लिन्कन हाई स्कूलका प्राचार्य होसेश्, अमेरिका-चीन युवा विद्यार्थी आदानप्रदान संगठनका अध्यक्ष चूआङ् जेहान, सहअध्यक्ष चोउ शुची र लिन्कन हाई स्कूल, स्टलाखौँ हाई स्कूल र बेइजिङ १०१ हाइ स्कूल र चाइना मिडिया ग्रुपको ग्यालेक्सी युवा टिभी कला समूहबाट आएका शिक्षक र विद्यार्थीका प्रतिनिधिहरूलगायत लगभग १०० जना अतिथिहरू सो कार्यक्रममा सहभागी भएका थिए।

शन हाइस्योङले बताउनुभयो कि चालु वर्ष चीन-अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वार्षिकोत्सव हो। चालु वर्ष फेब्रअरीमा, चीनका राष्ट्राध्यक्ष सी र उहाँकी पत्नी फङलियूआनले लिन्कन हाई स्कूलका शिक्षकहरू र विद्यार्थीहरूलाई नयाँ वसन्त पर्वको बधाई कार्ड दिनुभएको छ र चीनमा आउन र बुझ्न स्वागत गर्नुभएको छ। सो आदानप्रदानपछि नजिक दूरीमा तपाईँहरूको आफ्नो आँखा र कानमार्फत् चीनलाई महसुस गर्न सकिन्छ। साथै, तपाईँमार्फत् चीनको स्वादिष्ट खानाको आकर्षण पनि जान्न सकिन्छ, अझै प्रत्यक्ष र अझै गहन महसुस पाउने मलाई विश्वास छ।

चीन र विदेशबीचको सांस्कृतिक आदानप्रदानलाई अझ गहिरो बनाउनकालागि चाइना मिडिया ग्रुपले विभिन्न मुख्य लोकप्रिय विदेशी सञ्चारमाध्यमसँग मार्च १५ तारिखमा संयुक्त रूपमा “बादलमा ब्रोकेड पुस्तक - म र चीनबीचको कथा” विश्वभरी सङ्कलन कार्यक्रम सुरु गरेको छ। यसका साथै “बादलमा ब्रोकेड पुस्तक - म र चीनबीचको कथा” विश्वभरी साझेदारी योजना गतिविधि पनि सुरु गरिएको छ। विदेशी साथीहरू र चीनबीचको रमाइला कथाहरू र सम्झनाहरूलाई शेयर गर्न निमन्त्रण गरेको छ।

सो गतिविधिमा अमेरिका-चीन युवा विद्यार्थी आदानप्रदान संगठनका अतिथिहरू, चिनियाँ शिक्षण अन्तर्राष्ट्रिय आदानप्रदान संगठनका अतिथिहरू र चाइना मिडिया ग्रुपका सम्बन्धित् विभागका प्रमुखहरू सहभागी हुनुभएको छ।