हङकङमा "राष्ट्रिय सुरक्षा अध्यादेश कायम गर्ने नियम" पारित
2024-03-19 19:09:23cri
Share with:

हङकङ विशेष प्रशासनिक क्षेत्रको विधान परिषद्ले सर्वसम्मतिबाट "राष्ट्रिय सुरक्षा अध्यादेश कायम गर्ने नियम" पारित गरेको छ।

 

मार्च १९ तारिख हङकङको विधान परिषद्ले तेस्रो पठनमा " राष्ट्रिय सुरक्षा अध्यादेश कायम गर्ने विधेयक" लाई पक्षमा ८९ मत, अनुपस्थिति र विपक्षमा शून्य मतले पारित गरेको हो। सम्बन्धित नियम र विधेयकहरू प्रमुख कार्यकारीले हस्ताक्षर गर्नुहुने र राजपत्रमा प्रकाशन लगायत कार्यक्रमपछि  आधिकारिक रूपमा लागू हुनेछन्।