#अल्पसंख्यक जाति# "राजा गेसरको किंवदन्ती": हजारौँ वर्षदेखि फैलिएको "जीवित" महाकाव्य
2024-03-19 09:20:25cri
Share with:

हजारौँ वर्षको चिनियाँ सभ्यताबाट प्रशस्त महाकाव्य जन्मिएका छन्। तीमध्ये तिब्बत हिम पठारभूमिमा उत्पन्न भएको तथा सन् २००९ मा संयुक्त राष्ट्र संघीय “मानवजाति गैरभौतिक सांस्कृतिक सम्पदाको नामावली” मा सूचिकृत "राजा गेसरको किंवदन्ती" पनि एक हो। यसलाई मंगोलिया जातिको “जाङ्गर”, किर्गिज जातिको “मानस” सँगसँगै चीनका तीनवटा वीर महाकाव्य मानिएका छन्। साथै पूर्वी क्षेत्रको होमरको एपिक्स पनि मानिएको छ। यो हालसम्म मानवजातिको विषय सबैभन्दा बढी "जीवित" महाकाव्य हो।

"राजा गेसरको किंवदन्ती" मा जीवित प्राणीहरूलाई बचाउन राजा गेसर संसारमा आएर शैतानलाई जितेर सर्वसाधारणका लागि सुन्दर घरआवासको निर्माण गरेको कथा उल्लेख छ। पुस्तौँदेखि अभिनय तथा प्रदर्शनीमार्फत् "राजा गेसरको किंवदन्ती" हजारौँ वर्षसम्म फैलिएको छ।

किन "राजा गेसरको किंवदन्तीलाई "जीवित" महाकाव्य भनिन्छ? किनभने यो महाकाव्य प्राचीन तिब्बती आदिवासी समाजको कालखण्डबाट मुख्यतः तिब्बती र मंगोलियाली सर्वसाधारणबाट संयुक्त रूपमा सिर्जना गरिएको हो। "राजा गेसरको किंवदन्ती " कलमबाट लेखिएको होइन, धेरै लोक कलाकारहरूको प्रदर्शनबाट फैलिएको हो। उनीहरूले पठारभूमि, पहाड र उपत्यकामा घुम्दै प्रदर्शनबाट यो कथा प्रसारण गर्दैआएका छन्।

"राजा गेसरको किंवदन्ती" ज्यादै लामो छ। "राजा गेसरको किंवदन्ती" को पाठ कलाकारको प्रदर्शनको आधार अनुमानअनुसार, "राजा गेसरको किंवदन्ती" मा कुल १२० भन्दा बढी भाग हुनुका साथै दश लाख रेखाहरू छन्। चिनियाँ भाषाको अनुवादमा कम्तीमा २ करोड शब्दहरू छन्। हाल प्रचलित प्राचीन महाकाव्यको तुलनामा "राजा गेसरको किंवदन्ती" को विषय हिन्दु महाकाव्य “महाभारत” भन्दा धेरै गुणा, प्राचीन ग्रीसको होमरको एपिक्सभन्दा दशौँ गुणा छ। जहाँ हजारौँ व्यक्तिहरूको उल्लेख गरिएको छ र हरेक व्यक्तिको व्यक्तित्व विशिष्ट छ। जसले सादा र काव्यात्मक भाषाबाट व्यक्तिहरूबीच जटिल सम्बन्ध र विभिन्न जातिबीच मेलमिलाप सहअस्तित्व र साझा विकास हुने ऐतिहासिक प्रक्रिया उल्लेख गरेको छ। "राजा गेसरको किंवदन्ती" प्राचीन कालीन तिब्बती जातीय समाज तथा इतिहास देखाउने विश्वकोष हो।

तिब्बत र भित्री मंगोलियालगायत क्षेत्रमा गायक-गायिकाहरूको प्रदर्शनमार्फत् "राजा गेसरको किंवदन्ती "को कथा हिम पठारभूमिबाट चीनको व्यापक क्षेत्रमा फैलिएको छ। जातीय संस्कृतिको विविधता देखाइएको यो महाकाव्य हाल जातीय संस्कृतिको उत्तराधिकार गर्ने र राष्ट्रिय भावना एकिकृत पार्ने महत्वपूर्ण बिन्दू बनेको छ।  

तिब्बत स्वायत्त प्रदेशीय सामाजिक विज्ञान एकेडेमीबाट प्राप्त जानकारीअनुसार, "राजा गेसरको किंवदन्ती"को उद्धार र क्रमबद्धताले चरणबद्ध उपलब्धि हासिल गरेको छ। "राजा गेसरसम्बन्धी लोक कलाकारको प्रदर्शन पाठ" शीर्षक पुस्तक २३ भागमा प्रकाशित भएका छन्। वर्तमान अवस्थामा संरक्षण तथा प्रसारण तरिकामा सुधार तथा अद्यावधिक गरिनुबाट "राजा गेसरको किंवदन्ती" अझै बहुलवादी र अझै नयाँ तरिकामार्फत् प्रसारण भइरहेको र फैलिइरहेको छ।