चिनियाँ राज्य परिषदद्वारा “उच्च स्तरको खुलापनलाई ठोस रूपमा प्रवर्द्धन गर्ने र विदेशी लगानीलाई आकर्षित गर्न र उपयोग गर्न थप प्रयास गर्ने कार्य योजना” सार्वजनिक
2024-03-20 18:36:49cri
Share with:

हाल चिनियाँ राज्य परिषदको कार्यालयले “उच्च स्तरको खुलापनलाई ठोस रूपमा प्रवर्द्धन गर्ने र विदेशी लगानीलाई आकर्षित गर्न तथा उपयोग गर्न थप प्रयास गर्ने कार्य योजना”लाई प्रकाशन गरेको छ। कार्य योजनामा जोड दिइएको छ कि विदेशी लगानी चिनियाँ शैलीको आधुनिकीकरण निर्माणमा भाग लिने र चीनको अर्थतन्त्र तथा विश्व अर्थतन्त्रलाई साझा समृद्धि तथा विकसित बनाउने महत्वपूर्ण शक्ति हो। विदेशी लगानीलाई आकर्षित गर्न र उपयोग गर्न थप प्रयास गर्नका लागि सी चिनफिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको निर्देशनमा नयाँ विकास विचारको सम्पूर्ण, सही र व्यापक रूपमा पालना गरी बजार उन्मुख, कानुनी र अन्तर्राष्ट्रिय प्रथम श्रेणीको व्यापार वातावरण सिर्जना गरेर चीनमा विदेशी लगातीको विश्वासलाई सुदृढ पार्नुपर्ने उक्त कार्ययोजनामा उल्लेख छ।

कार्य योजनाले पाँच बुँदे कदम प्रस्तुत गरेको छ। ती पाँच बुदाँहरुमा बजार पहुँच विस्तार र विदेशी लगानी उदारीकरण स्तर सुधार गर्ने पहिलो रहेको छ। विदेशी लगानीको आकर्षण बढाउन नीतिलाई सुदृढ गर्ने दोस्रो हो भने निष्पक्ष प्रतिस्पर्धा वातावरणलाई सुधार गर्ने र चिनियाँ तथा विदेशी-लगानी उद्यमबीचको नयाँ सहयोगलाई बढाउने तेस्रो बुँदा रहेको छ। नवप्रवर्तन तत्वको प्रवाहलाई सहज बनाएर स्वदेशी र विदेशी लगानी उद्यमबीच नवप्रवर्तन सहयोगलाई बढावा दिने चौथो बुँदामा उल्लेख छ भने आन्तरिक नियमको सुधार गरी अन्तर्राष्ट्रिय उच्च-मानक आर्थिक र व्यापार नियमसँग राम्रोसँग जोड दिने पाँचौँ बुँदामा समेटिएको छ।