चीन-भारत सीमा विषयमा चीनको परराष्ट्रमन्त्रालयद्वारा जोड
2024-03-21 18:34:36cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिन च्येनले चीन-भारत सीमा विषयसम्बन्धी अमेरिकी राज्य विभागको भनाइबारे पत्रकारसँग कुराकानी गर्दै चीनले त्यसको कडा असन्तोष र विरोध गरेको विचार व्यक्त गर्नुभएको छ।

 

मार्च २१ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्येनले उक्त कुरा बताउनुभएको हो। उहाँले चीन-भारत सीमा लाइन निश्चित भएको छैन भने दक्षिणी तिब्बत क्षेत्र इतिहासदेखि नै चीनको भूभाग रहिरहेको आधारभूत तथ्य निर्विवाद भएको दोहोर्याउनुभयो। उहाँले चीन-भारत सीमा विषय चीन र भारत दुई मुलुकबीचको कुरा हो र यसको अमेरिकासँग कुनै सम्बन्ध छैन भन्दै अमेरिकाले सधैँ आफ्नो भूराजनीतिक स्वार्थ पूरा गर्न अन्य देशमा नैतिकताबिहिन विवाद उक्साएको र शोषण गरेको सबैलाई थाहा भएको उल्लेख गर्नुभयो।