चीनको उच्च गुणस्तरीय विकासबाट विश्वलाई अरू योगदान गरिएको चीनको परराष्ट्रमन्त्रालयको भनाइ
2024-03-21 18:35:29cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिन च्येनले चीन सरकारले उच्च गुणस्तरीय विकासमार्फत चिनियाँ शैलीको आधुनिकीकरणलाई व्यापक रूपमा अघि सार्नुका साथै उच्च गुणस्तरीय वैदेशिक खुलापनलाई अरू विस्तृत गरी विश्वलाई अरू फाइदान दिने र विश्व विकासलाई अरू शक्ति प्रदान गर्ने विचार व्यक्त गर्नुभएको छ।

हाल अन्तर्राष्ट्रिय मिडियामा चिनियाँ अर्थतन्त्रसम्बन्धी केही नकारात्मक भनाइ देखिएको र बढी सक्रिय आवाजले विश्वमा अनिश्चितता बढेसँगै चीनको आर्थिक बृद्धिले अपेक्षा नाघेबाट चीनको आर्थिक शासन प्रभावकारी भएको प्रमाण गरिएको उल्लेख गरेका छन्। मार्च २१ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्येनले पत्रकारसँग त्यसबारे कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।

प्रवक्त लिन च्येनले हाल चीनले “उच्च गुणस्तरको खुलापनलाई ठोस रूपमा प्रवर्द्धन गर्ने र विदेशी लगानीलाई आकर्षित गर्न तथा उपयोग गर्न थप प्रयास गर्ने कार्य योजना” सार्वजनिक गरेको बताउनुभयो। चीनले बजार उन्मुख, कानुनी र अन्तर्राष्ट्रिय प्रथम श्रेणीको व्यापारिक वातावरण सिर्जनामा प्रयास जारी राख्ने र चीनमा लगानी गर्न विदेशी उद्यमलाई सेवा ग्यारेन्टी प्रदान गर्ने बताउनुभयो।