अस्ट्रेलियाका प्रधानमन्त्री र चिनियाँ परराष्ट्र मन्त्री भेटवार्ता
2024-03-21 14:40:18cri
Share with:

स्थानीय समय मार्च २० तारिख अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीसले क्यानबेरामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य एबम् परराष्ट्र मन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ।

मार्च २० तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले केन्बेरामा अस्ट्रेलियाका विदेश मन्त्री पेन्नी वाङसँग सातौँ चीन-अस्ट्रेलिया कुटनीति तथा रणनीति वार्ता गर्नुभएको छ।

वार्तापछि पेन्नी वाङले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। उहाँले अस्ट्रेलियाले चीनसँग स्थिर, फलदायक र परिपक्व सम्बन्धको स्थापना गर्न खोजेको बताउनुभयो। उहाँले चाइना मिडिया ग्रुपका पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।