“मानवजातिको साझा मूल्य – लोकतन्त्र”तेस्रो अन्तर्राष्ट्रिय मञ्च सफलतापूर्वक आयोजित
2024-03-21 15:56:34CRI
Share with:

मार्च २० तारिख,“मानवजातिको साझा मूल्य – लोकतन्त्र”तेस्रो अन्तर्राष्ट्रिय मञ्च बेइजिङमा सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न देश, क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहभागी हुनआएका लगभग २ सयजना अतिथिहरूले लोकतन्त्रको अर्थ र देशहरूबीचमा आपसी अध्ययन बारेमा छलफल गरेका छन्। छलफलमा “आधुनिकिकरण लोकतन्त्र तथा शासन”, “डिजिटल युगमा लोकतन्त्र र कानुनको शासन”“कृत्रिम बुद्धिमत्ता र लोकतन्त्रको भविष्य”जस्ता विषयहरूलाई समेटेका छन्। सो मञ्चमा अतिथिहरूले लोकतन्त्र मानवजातिको साझा मूल्य भएको र यसको उद्देश्य मानवजातिको लाभ, सुरक्षा र प्रवर्द्धन भएको विश्वास गरेका छन्। लोकतन्त्रलाई पछ्याउने, विकास र कार्यान्वयन गर्न विकासोन्मुख देशहरूको खोज र स्वतन्त्ररूपमा विकासको बाटो छनोटको अधिकारको सम्मान गर्दै लोकतन्त्रको नाममा अन्तर्राष्ट्रिय समाजमा विभाजन सिर्जना गर्ने, पूर्वाग्रह फैलाउने र शान्तिलाई कमजोर पार्ने कार्यको विरोध गर्नु आवश्यक रहेको बताए। परस्परिक सम्मान, निष्पक्षता र न्याय र सहयोगको नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन प्रवर्द्धन र मानवजातिको उज्ज्वल भविष्यसँग सम्बन्धित मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माण गर्नुपर्ने वक्ताहरूले औँल्याए।