नेपालका उप-प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा चीन-नेपाल सम्बन्धलाई अरू विकास गर्ने चीनको परराष्ट्रमन्त्रालयको भनाइ
2024-03-22 17:47:23cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिन च्येनले चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा नेपालका उप-प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आगामी मार्च २५ तारिखदेखि अप्रिल १ तारिखसम्म चीनको औपचारिक रूपमा भ्रमण गर्नुहुने जानकारी दिनुभएको छ।

मार्च २२ पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्येनले उक्त कुरा बताउनुभएको हो। लिन च्येनले चीन र नेपाल पहाड र नदीबाट जोडिएका परम्परागत असल छिमेकी मुलुक रहेको भन्दै केही वर्षयता दुई देशका उच्च तहबीच घनिष्ट आवत-जावत भएर विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग निरन्तर रूपमा गहिरो भएको बताउनुभयो। दुई पक्षले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा घनिष्ट समन्वय र सहयोग गरेको उल्लेख पनि उहाँले गर्नुभयो।

गत सेप्टेम्बरमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको औपचारिक भ्रमण गर्नुभएका बेला दुई देशका नेताबीच चीन-नेपाल सम्बन्धको विकासबारे महत्वपूर्ण सहमति सम्पन्न भएको प्रवक्ता लिन च्येनले जानकारी दिनुभयो।

उहाँले श्रेष्ठ नेपालका उप-प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीको पदमा बहाल भएपछि चीनको भ्रमण गर्नुभएको यो पहिलो पटक हो भन्दै चीनले नेपालसँग मिलेर यस भ्रमणको सुअवसरमा दुई देशका नेताबीचको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारी चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई नयाँ प्रगतिमा लाने इच्छा लिएको विचार व्यक्त गर्नुभयो।