चीनको पहिलो पूर्ण प्रक्रियाको एआई सूक्ष्म नाटक “चिनियाँ पौराणिक कथा” सार्वजनिक
2024-03-22 14:37:10cri
Share with:

चाइना मिडिया ग्रुप स्थापना भएको छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा मार्च २२ तारिख एआई च्यानल शुरू गर्नुकासाथै चाइना मिडिया ग्रुप मोबाइलको एआई सूक्ष्म नाटक उद्घाटन समारोहको आयोजना गरिएको छ। चीनको पहिलो पूर्ण प्रक्रियाको एआई सूक्ष्म नाटक “चिनियाँ पौराणिक कथा” सार्वजनिक गरिएको हो।

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङको उपस्थितिमा उक्त समारोहको आयोजना गरिएको थियो। यसबाहेक, समारोहमा चीनको शिक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय रेडियो तथा टेलिभिजन ब्यूरोका अतिथिहरूको पनि उपस्थिति थियो।