चीनको उच्च गुणस्तरीय विकासबाट ल्याइएका नयाँ अवसरले चीनमा लगानी बढाउनेछ – विदेशी उद्योगका प्रतिनिधि
2024-03-22 15:16:19CRI
Share with:

हालसालै, चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन सदस्य सम्मेलनमातहत चालु वर्षको पहिलो विदेशी लगानी उद्योगको “क्षेत्रीय निरीक्षण” कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा, युरोपेली संघ, मेक्सिको र अन्य देशबाट आएका विदेशी उद्योगका प्रतिनिधिहरूले चीनको उच्च स्तरीय खुलापन र उच्च गुणस्तरीय विकासबाट धेरै विदेशी उद्योगहरूलाई विकासको नयाँ अवसरहरू ल्याइएको र चीनमा थप लगानी भित्रिने व्यक्त गरेका छन्।

हाइनान स्वतन्त्र व्यापार बन्दरगाहमा धेरै अन्तरदेशीय उद्योगहरू र अन्तर्राष्ट्रिय व्यापारिक संस्थाका प्रतिनिधिहरूले उच्च स्तरीय उद्योग, संस्कृति र पर्यटन लगायतका अवस्थाको निरीक्षण गरेका छन्। धेरै प्रतिनिधिहरूले यसमा नयाँ अवसरहरू देख्न सकिन्छ भन्ने विश्वास गरेका छन्।

जानकारी अनुसार, यो हाइनान प्रान्तको निरीक्षणले चिनियाँ युरोपेली संघ व्यापारिक संस्था, चिनियाँ मेक्सिकन व्यापारिक संस्था जस्ता विदेशी व्यापारिक संस्था र ३०भन्दा बढी विदेशी लगानी उद्योगहरूका प्रतिनिधिहरूलाई आकर्षित गरेको छ। चालु वर्षमा, चिनियाँ अन्तर्राष्ट्रिय व्यापारी प्रवर्द्धन सदस्य सम्मेलनले श्रृँखलाबद्ध रूपमा विदेशी लगानी उद्योगको क्षेत्रमा निरीक्षण कार्यक्रमको आयोजना गर्ने छ।

यसका साथै, निरीक्षणको अवधिमा, १० उद्योगहरूले हस्ताक्षर गरेका छन्।