चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्रवारा आतंकवादी हमलाको कडा निन्दा
2024-03-23 18:26:04cri
Share with:

प्रश्न: स्थानीय समय मार्च २२ तारिख साँझ रुसको मस्कोस्थित "स्याफ्रोन सिटी हल" कन्सर्टमा आतंकवादी हमला भयो, जसले ठूलो क्षति पुर्यायो। यसमा चीन सरकारको प्रतिक्रिया के छ ?

 

उत्तर: रुसको मस्कोमा भएको भयंकर आतंककारी हमलाबाट चीन स्तब्ध भएको छ। हामी पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। घाइते र पीडितहरूका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ, आतंकवादी हमलाको कडा निन्दा गर्दछ र राष्ट्रिय सुरक्षा तथा स्थिरता कायम गर्न रुसी सरकारको प्रयासलाई दृढतापूर्वक समर्थन गर्दछ।