सी चिनफिङद्रवारा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसमा भएको गम्भीर आतंकवादी हमलाप्रति समवेदना व्यक्त
2024-03-23 16:33:55cri
Share with:

मार्च २३ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसको मस्कोको एउटा कन्सर्ट हलमा भएको गम्भीर आतंककारी हमला भएकामा शोक सन्देश पठाउनुभएको छ।

 

सी चिनफिङले मस्कोको कन्सर्ट हलमा भएको गम्भीर आतंकवादी हमलामा ठूलो मानवीय क्षति भएको थाहा पाउँदा चीन सरकार र चिनियाँ जनताको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै पीडितहरू,घाइते र पीडितहरूका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ।

 

चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दै आएको उल्लेख गर्दै आतंकवादी हमलाको कडा निन्दा गर्ने र राष्ट्रिय सुरक्षा तथा स्थिरता कायम गर्न रुसी सरकारको प्रयासलाई चीनले दृढतापूर्वक समर्थन गर्ने कुरामा सी चिनफिङले जोड दिनुभएको छ।