फङ लियुआनद्वारा हुनानको ग्रामीण क्षेत्रमा क्षयरोग रोकथाम र नियन्त्रण कार्यको अनुसन्धान
2024-03-24 16:49:18cri
Share with:

हालै विश्व स्वास्थ्य संगठनको क्षयरोग तथा एड्स रोकथाम र नियन्त्रणका लागि सद्भावना दूत फङ लियुआनले हुनान प्रान्तको छाङ्सा शहरको युहुआ जिल्लामा ग्रामिण क्षयरोग रोकथाम र नियन्त्रण कार्यको अनुसन्धान गर्नुभयो।

 

मार्च २४ तारिख २९ औं विश्व क्षयरोग दिवस हो। यस वर्षको क्षयरोग दिवसको विषय "तपाई र म क्षयरोगको महामारी अन्त्य गर्न मिलेर काम गरौँ" भन्ने रहेको छ। फङ लियुआनले स्थानीय स्वास्थ्य ज्ञान शिक्षा र अन्य पक्षहरूको परिचय सुन्न, स्थानीय क्षयरोग रोकथाम र नियन्त्रण प्रणाली तथा संयन्त्रको निर्माणको बारेमा सिक्न र क्षयरोग रोकथाम तथा उपचारलाई अझ लोकप्रिय बनाउन सबैलाई प्रचारक र स्वयंसेवकको रूपमा काम गर्न आह्वान गर्नुभएको छ। क्षयरोग महामारी अन्त्य गर्न सबैले मिलेर काम गरिरहने उहाँले आशा पनि प्रकट गर्नु भएको छ।