चीन विकास मञ्च २०२४ वार्षिक सम्मेलन सुरु
2024-03-24 16:50:30cri
Share with:

चीन विकास मञ्च २०२४ वार्षिक सम्मेलन मार्च २४ तारिख बिहान बेइजिङमा सुरु भएको भएको छ। दुई दिनसम्म चल्ने यस सम्मेलनको मुख्य विषय चीनको दिगो विकास भन्ने रहेको छ। अन्तर्राष्ट्रिय सङ्गठन,विश्व शिर्ष ५०० व्यवसायका जिम्मेवार व्यक्तिहरु,अनेकन अन्तर्राष्ट्रिय प्रसिद्ध विद्वानहरुले चीनको दिगो विकासको प्रवर्द्धन शक्ति,कार्बन तटस्थ,विश्वव्यापी जलवायुको व्यवस्थापन,कृत्रिम बुद्धिमान विकास,नयाँ शैलीको उपभोक्ता तथा भित्री चाहनाको शिथिलता लगायत आठ मुख्य विषयबारेमा छलफल भइरहेका छन्।

सन् २००० देखि हालसम्म यो मञ्च सफलताका साथ २३ पटक आयोजना भएको छ भने चीनको राजनीतिक उच्च तह,विश्वव्यापी वाणिज्य नेताहरु,अन्तर्राष्ट्रिय सङ्गठन,चिनियाँ तथा विदेशी विद्वानहरुबीच आदानप्रदान गर्ने महत्वपूर्ण चौतारो बनेको छ।