《चाउ परीवारका टुहुरा》-1
2024-03-25 15:40:13cri
Share with:

इसा पूर्व आठौंदेखि पाँचौं शताद्बीसम्म चीनमा "छुन-छ्यौ" काल अर्थात् वसन्त-शरद्काल थियो। त्यस बेला एउटा चिन् राज्य थियो। त्यस राज्यमा दुइजना शक्तिशाली अधिकारी थिए। एक जनाको नाम चाउ तुन् थियो। उनी निकै इमान्दार थिए। अर्काको नाम गु आन च्या थियव। गु आन च्या चाउ तनलाई मन पराउँदैनथे। त्यसैले उनले चाउ चनलाई मार्नखोजेको थियो।

      गु आन च्याले चिन् राज्यका राजा समक्ष चाउ तुनका बारेमा धेरै नराम्रो कुरा गरेकाले चाउ परीवारका सबै सदस्यहरुलाई मार्ने आदेश दिएका थिए। चाउ तन्की बुहारी चुआङ्ग ची राजकुमारी भएका कारण उनलाई मारिएन। उनलाई खालि झ्यालखानामा थुनिएको मात्र थियो।

      वास्तवमा राजकुमारी चुआङ्ग चीले त्यस बेला पेट बोकेकी थिइन्। र केही समयपछि उनले छोरा जन्माइन। त्यस बच्चालाई चाउ परीवारको टुहुरो भनिन्थ्यो। राजकुमारीले बच्चा ठूलो भएपछि बदला लिने आशा गरेकी थिइन। गु आङ्ग च्याले राजकुमारीले बच्चा जन्माएको खबर पाएपछि दरबारको ढोकामा सैनिक पठाएको थियो। उसले एक महिनापछि त्यस बच्चालाई मार्ने विचार गरेको थियो।

      चाउ तन्को एकजना डाक्टर साथी थियो। उसको नाम छन् यन् थियो। त्यस टुहुरालाई बचाउनका लागि डाक्टर छन् यनले राजकुमारीलाई हेर्ने नाममा दरबारमा आयो । उसले बच्चालाई औषधी राख्ने बाकसमा लुकाएर दरबारबाट बाहिर निकाल्यो। तर दरबारको द्बारमा जनरल हान च्युले डाक्टर छनको औषधीको बाकस जाँच्दा बच्चा भेट्यो। जनरल हान च्युले चाउ तुनप्रति सहानुभूति प्रदर्शन गर्दै डाक्टर छन र टुहुरालाई बाहिर निस्कन दियो। त्यसपछि आफूले आत्महत्या गर्‍यो।


   गु आङ्ग च्याले टुहुरालाई बचाइएको कुरा थाहा पाएपछि तीन दिनभित्र कुनै पनि मानिसले त्यस टुहुरालाई नबुझाएको खण्डमा चिन् देशका एक वर्षमुनिका सबै बच्चालाई मार्ने आदेश दियो।

      छन् यन् र चाउ तुनको एकजना राम्रो साथी थियो। उसको नाम गोङ्गसुनछुच्यु थियो। छन् यनले गोङ्गसुनछुच्युसँग छलफल गर्‍यो। ती दुइजनाको ठहर अनुसार, एकजना कुनै मान्छेले एउटा बच्चा बोकेर बाहिर गएको बेलामा गु आङ्ग च्याको पक्राउमा परेमा टुहुरा र चिन् राज्यका सबै बच्चालाई बचाउन सकिन्छ। डाक्टर छन् यनको बच्चाको उमेर र टुहुराको उमेर बराबर छ। छन यनले दु:ख सहेर भए पनि आफ्नो बच्चा गोङ्गसुनछुच्युलाई दिए। त्यसपछि उनले गु आङ्ग च्यालाई चाउ परीवारको टुहुरा गोङ्गसुनछुच्युकहाँ लुकेको झुटो कुरा सुनाए। त्यसपछि गोङ्गसुनछुच्यु र छन यनको बच्चालाई मारियो।