माल्दिव्सका युवा नायीफको चीन बसाइको कथा-२
2024-03-25 15:39:27cri
Share with:

नायिफका आँखामा चिनियाँहरुको सबैभन्दा ठूलो विशेषता मिलनसारिता हो भने उहाँको चीनबारेको मुख्य भनाइ तथा बुझाइ “सुरक्षाको अनुभव” हो।

 

अहिलेसम्म मैले चीनलाई धेरै मन पराउनुको एउटा कुरा यहाँ निकै सुरक्षित महसूस गरेको छु। म धेरै मुलुकहरु घुमेको छु। अहिलेसम्म मैले घुमेका मुलुकहरुमध्ये चीन सबैभन्दा सुरक्षित मुलुक हो। बिहान सबेरै तीन चार बजे चीनको सडकमा घुम्दा पनि सुरक्षित रहेको कुरा मैले मेरा साथीहरुसँग बाँडेको छु।

 

पढाइपछि फुर्सदमा नायीफले सहपाठीहरुसँग छङ तुको सडकमा घुम्दै दूध चिया पिउँदै हटपट खाँदै यस शहरको खुला तथा समावेशिताको अनुभव गर्नुहुन्छ।

 

म यस शहरलाई साँच्चै मन पराउँछु, विशेष गरी यहाँको आनन्ददायी वातावरण। चीन आउनुअघि मैले किताबमा छङ तु चीनका सबैभन्दा आनन्ददायी शहरहरुमध्येको एक पढेको थिएँ। यहाँका खानाहरु निकै मीठो हुन्छन्। मलाई यहाँका खानाहरु धेरै मन पर्छ, विशेष गरी हटपट निकै विशिष्ट छ। छङतुबासी निकै सज्जन हुन्छन्। यहाँका पूर्वाधार तथा निर्माण वस्तुहरु निकै उत्कृष्ठ छन्।

स छ्वान विश्वविद्यालयमा एक वर्षसम्म बसेपछि नायीफले चिनियाँ विश्वविद्यालयको शिक्षा स्तर मात्र उच्च नभई विश्वविद्यालयको वातावरण पनि धेरै सुन्दर रहेको बताउनुभयो। उहाँले यहाँ अध्ययन गर्ने क्रममा हरेक दिन नयाँ उपलब्धि हासिल गर्नुभएको छ।

 

माल्दिव्स एउटा सानो मुलुक भएकोले त्यहाँका विश्वविद्यालयहरु पनि साना छन्। चिनियाँ विश्वविद्यालयहरु निकै ठूला छन् र शिक्षा सम्बन्धी संरचनाहरु पनि राम्रा छन्। यहाँ पढेपछि मैले चिनियाँ संस्कृतिबारे अरु राम्रोसँग जानकारी लिनुका साथै चिनियाँ सहपाठीहरुको जीवन शैलीको अनुभति गर्न सक्छु।

 

केही दिनअघि नायीफले उहाँका चिनियाँ साथीहरुसँग क्वाङ तोङ प्रान्तमा चिनियाँ शैलीको एउटा विवाह समारोह सहभागी हुँदै क्वाङ तोङ प्रान्तको विशेष संस्कृतिको अनुभव गर्नुभयो।

 

यो चिनियाँ शैलीको विवाह समारोह निकै रोचक थियो। म मात्र एक्लो विदेशी थिएँ। विवाह समारोह क्वाङ चौ शहर नजीकमा पर्ने च्याङ मन शहरमा भएको थियो। मैले त्यहाँ विविध चिनियाँ मीठा खानाहरु खान पाएको थिएँ।

 

हरेक पटक चिनियाँ साथीहरुसँग कुरा गर्दा माल्दिव्स एउटा निकै सुन्दर पर्यटन स्थल रहेको भनाइ सुन्दा नाइफलाई एकदम गौरव लाग्छ। उहाँले पनि चीनका विभिन्न ठाउँहरू घुम्ने इच्छा गर्नुभएको छ।

 

म चीनमा घुम्न मन पराउँछु किनभने चीनको हरेक शहर घुम्नलायक छ। मलाई लाग्छ, चीनमा कोठाबाट बाहिर निस्कँदा नयाँ उपलब्धि हासिल गर्न सकिन्छ।