नेदरल्यान्ड्सका प्रधानमन्त्री रुटे चीन भ्रमणमा आउने
2024-03-25 20:39:32CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले मार्च २५ तारिख जानकारी दिनुभए अनुसार, चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा आगामी मार्च २६ देखि २७ सम्म नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटेले चीनको औपचारिक भ्रमण गर्नुहुने छ।