नयाँ गुणस्तरीय उत्पादित शक्ति
2024-03-25 15:37:06cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले औद्योगिक आधारको स्तरोन्नति र औद्योगिक चेनको आधुनिकीकरण गर्नुपर्ने साथै उन्नत उत्पादनले प्रभुत्व जमाउने आधुनिक औद्योगिक प्रणालीको निर्माण गर्नुपर्ने कुरा औंल्याउनुभयो। यो वर्षदेखि चीनका विभिन्न क्षेत्रहरूले उन्नत उत्पादनको विकास पार्न र नयाँ गुणस्तरीय उत्पादन  शक्तिको विकास गर्न आ-आफ्नो औद्योगिक फाइदाहरूको प्रयोग गरिरहेका छन्।

 

पछिल्लो तथ्याङ्कका अनुसार यस वर्ष जनवरीदेखि फेब्रुअरीसम्म चीनको उच्च प्रविधि उत्पादन उद्योगको बृद्धि दर गत वर्ष सोही अवधिको तुलनामा ७.५ प्रतिशतले बढेको र जसमध्ये गाडीको उत्पादन उद्योग ९.८ प्रतिशतले बढेको छ साथै कम्प्युटर, सञ्चार र इलेक्ट्रोनिक उपकरण निर्माणको उद्योग १४.६ प्रतिशतले बृद्धि भएको देखिन्छ।

 

यस वर्ष चीनले वैज्ञानिक र प्राविधिक पूर्वाधारको विकासलाई तीव्रता दिने, वैज्ञानिक र प्राविधिक आविष्कारका साथ औद्योगिक आविष्कारको नेतृत्व गर्ने र नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकासलाई थप प्रवर्द्धन गराउने योजना छ।