चीनले विश्वका लागि के कस्तो अवसरको सिर्जना गर्ने छ?
2024-03-25 15:06:05CRI
Share with:

 

दुई दिने चीन विकास मञ्च २०२४ वार्षिक सम्मेलन मार्च २४ तारिख पैचिङमा शुरू भएको छ। “चीनको दिगो विकास” भन्ने यस मञ्चको मुख्य नारा रहेको छ। मार्च २५ मा आयोजित चीनको दिगो विकासका अवसर र अन्तर्राष्ट्रिय सहकार्य विषयक गोष्ठीमा वाणिज्य मन्त्रालय, उद्योग तथा सूचना मन्त्रालयका जिम्मेवार व्यक्तिले खुलापनमार्फत विश्वव्यापी व्यावसायिक लाइन र आपूर्ति लाइनको सुधारलाई प्रबर्द्धन गर्ने जनाएका छन्।

 

वाणिज्य मन्त्रालयकी उपप्रमुख को थिङ थिङका अनुसार, चीनले वैश्विक प्रतिस्पर्धात्मक शक्ति बोकेको खुलस्त र सिर्जनशील पर्यावरणको स्थापना गर्नुका साथै व्यावसायिक लाइन र आपूर्ति लाइनलाई अझ गुणस्तरीय बनाउँदै जानेछ।

 

उद्योग तथा सूचना मन्त्रालयका प्रमुख चिन च्वाङ लोङले चीनले निरन्तर रूपमा उच्च स्तरीय खुलापनको विस्तार गर्नुका साथै विश्वका विभिन्न मुलुकका व्यवसायहरूसँग आपसी हितयुक्त सहकार्यलाई गहन पारी संयुक्त रूपमा व्यावसायिक लाइन र आपूर्ति लाइनको सुधारलाई प्रबर्द्धन गर्दैजाने कुरामा जोड दिनुभएको छ।