आज २५ तारिखबाट खोलिनेछ पोआओ एसिया फोरमको समाचार केन्द्र
2024-03-25 16:49:53CRI
Share with:

पोआओ एसिया फोरमको सन् २०२४ वार्षिक सम्मेलन मार्च २६ तारिखदेखि २९ तारिखसम्म हाइनान प्रान्तको पोआओमा आयोजना हुनेछ। सो सम्मेलनको विषय "एसिया र विश्व-साझा चुनौती, साझा जिम्मेवारी" रहेको छ। सम्मेलनमा "विश्व अर्थतन्त्र", "वैज्ञानिक र प्राविधिक नवप्रवर्तन", "समाजको विकास" र "अन्तर्राष्ट्रिय सहकार्य" गरी ४ वटा मुख्य क्षेत्रहरू स्थापना गरिएको छ। यसका साथै ४० भन्दा बढी गतिविधिहरू समेटिन्छन्।

आज (२५ तारिख) अपरान्ह, सो फोरमको समाचार केन्द्र औपचारिक रुपमा खोलिने तथा सम्मेलनकालागि फोरम तयार भइसकेको बताइएको छ।