फिलिपिन्सको जहाज अवैध रूपमा रन आई टापुमा प्रवेश गरेकोमा चीनद्वारा गम्भीर आपत्ति
2024-03-25 15:02:13CRI
Share with:

हालै फिलिपिन्सले पठाएको जहाजले अवैध रूपमा रन आई टापुमा प्रवेश गरी आपूर्ति ढुवानी गरेको कारवाईबारे फिलिपिन्सका लागि चिनियाँ राजदुतावासले मार्च २५ तारिख फिलिपिन्सको परराष्ट्र मन्त्रालयसमक्ष गम्भीर आपत्ति जनाएको छ।

 

मार्च २३ तारिख फिलिपिन्सले आफ्नो वचन-बद्धता विपरित चीनको कडा विरोध र चेतावनीको बावजुद जथाभावी रूपमा एउटा आपूर्ति ढुवानी जहाज र दुईवटा समुद्री प्रहरी जहाजलाई चीनको नान शा टापुहरूमध्येको रन आई टापु वरिपरिको समुद्री क्षेत्रमा प्रवेश गराएको छ। फिलिपिन्सले उक्त कारवाईमार्फत रन आई टापुमा अवैध रूपमा राखिएका सैनिक जहाजलाई आवश्यक प्रबन्ध ढुवानी गर्नुका साथै त्यस सैनिक जहाजको मर्मत र निर्माण गर्न खोजेको छ। चिनियाँ समुद्री प्रहरीले कानुन बमोजिम त्यस करावाईलाई रोक्नुकासाथै त्यसको नियन्त्रण र त्यसलाई निष्काशन गरेको छ। चीनले कानुन र नियम बमोजिम पेशागत रूपमा सफलताका साथ फिलिपिन्सको कुचेष्टालाई नष्ट पारेको छ।

 

रन आई टापु चीनको नान शा टापुहरूमध्येको एक भाग हो। त्यसैगरी रन आई टापु लगायतका नान शा टापुहरू र वरिपरिको समुद्री क्षेत्रको चीनको निर्विवाद सार्वभौमिकता नै रहेको छ। तत्काल उत्तेजनात्मक गतिविधि बन्द गर्दै सम्झौता वार्ताको सही बाटोमा फर्केर वास्तविक कारवाईमार्फत चीनसँगै दक्षिण चीन सागरको शान्ति र स्थिरताको संरक्षण गर्दैजान चीनले फिलिपिन्सलाई ताकिता गरेको छ।