सी चिन फिङ र होन्डुरसका राष्ट्रपति क्यास्ट्रोबीच चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसरमा बधाई सन्देश आदान-प्रदान
2024-03-26 11:49:41cri
Share with:

मार्च २६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसरमा होन्डुरसका राष्ट्रपति क्यास्ट्रोसँग बधाई सन्देश आदान-प्रदान गर्नुभएको छ। सी चिन फिङले चीन र होन्डुरसबीचको कूटनीतिक सम्बन्ध स्थापना गर्नु सही राजनीतिक निर्णय भएको र यसले दुई देश तथा जनतामा आधारभूत हित ल्याउने कुरामा जोड दिनुभयो। उहाँले राष्ट्रपति क्यास्ट्रोसँग आपसी सहयोग सुदृढ गर्ने, चौतर्फी सहकार्यको विस्तार गर्ने र चीन-होन्डुरस सम्बन्धलाई संयुक्त रूपमा विकास गर्ने इच्छा लिएको बताउनुभयो।

 

राष्ट्रपति क्यास्ट्रोले एक चीन सिद्धान्तको दृढताका साथ पालना गर्ने र चीनसँग स्वतन्त्र र पारस्परिक सम्मानजनक द्विपक्षीय सम्बन्ध विकास गर्न इच्छुक रहेको बताउनुका साथै दुई देशबीच सदा मित्रता रहोस् भन्ने कामन गर्नुभयो।