उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङबीच बेइजिङमा भेटवार्ता
2024-03-26 15:36:23cri
Share with:

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सीपीपीसीसीका अध्यक्ष तथा राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङ हुनिङसँग भेटवार्ता गर्नुभएको छ।

विदेशमन्त्री वाङ यीको निमन्त्रणमा आइतबार ९ दिने चीन भ्रमणमा निस्केका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङमा राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङसँग पनि भेटवार्ता गर्नुभएको हो। उक्त अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकोमा खुसी व्यक्त गर्नुभयो।

साथै, उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार परराष्ट्रमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम सकेपछि छोङछिङ, ल्हासा र छङ्तु भ्रमणमा निस्कने कार्यक्रम छ।