चीनद्वारा दक्षिणी तिब्बत क्षेत्रमा प्रशासनिक क्षेत्राधिकारको कार्य प्रभावकारी रूपमा जारी - चीनको परराष्ट्र मन्त्रालय
2024-03-26 15:06:01CRI
Share with:

भारतका परराष्ट्र मन्त्री एस जयशंकरको चीन-भारत सीमाका विषयमा व्यक्त धारणाबारे मार्च २५ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले भन्नुभयो, ‘चीन-भारत सीमा लाइन निश्चित भएको छैन जसको पूर्वी भाग - दक्षिणी तिब्बत क्षेत्रमा चीनको भूभाग हो। भारतले कब्जा गर्नुअघि चीनले दक्षिणी तिब्बत क्षेत्रमा प्रशासनिक क्षेत्राधिकारको कार्य प्रभावकारी रूपमा गरिरहेको आधारभूत तथ्य निर्विवाद छ।’

उहाँले औँल्याउनुभएअनुसार सन् १९८७ मा, भारतले अवैध रूपमा कब्जा गरेको चिनियाँ भूभागमा “अरूणाचल प्रदेश” स्थापना गरेको हो। त्यसबेला सो विषयप्रति चीनले दृढताका साथ विरोध गरेको थियो। त्यसमा भारतको कदम अवैध हुनेमा जोड दिइएको छ। आजसम्म चीनको दृष्टिकोण परिवर्तन नभएको पनि उहाँले बताउनुभयो।