बेनिनका विदेश मन्त्री चीन भ्रमणमा आउनुहुने
2024-03-27 19:14:33cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्यूरोका सदस्य एवं चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा बेनिनका विदेशमन्त्री शेगुन अदजादी बाकारीले यही मार्च २८  देखि अप्रिल १ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने छ। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले मार्च २७ तारिख दिनुभएको हो।