चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा पाकिस्तानको दासुमा भएको बम हमलाबारे पत्रकारलाई जवाफ
2024-03-27 11:38:41CRI
Share with:

पाकिस्तानको स्थानीय समय अनुसार, मार्च २६ तारिख अपरान्ह १ बजे, चिनियाँ कम्पनीले निर्माण गरेको दासु जलविद्युत परियोजनाको गाडीमा आतङ्कवादी हमला गरिएको छ। सो आक्रमणमा ५ चिनियाँ र १ पाकिस्तानी गरी ६ जनाको मृत्यु भएको छ।

आक्रमणबारे एक पत्रकारको प्रश्नको जवाफमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भन्नुभयो, 'चीन यस आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछ, पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ र शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ। चीनले पाकिस्तानी पक्षलाई यथाशीघ्र घटनाको सत्यतथ्य छानबिन गर्न, अपराधीलाई पक्राउ गर्न हरसम्भव प्रयास गर्न चीनको माग छ। यसका साथै पाकिस्तानमा रहेका चिनियाँ नागरिक, संस्था र परियोजनाको सुरक्षाका लागि व्यावहारिक र प्रभावकारी कदम चाल्न माग गर्दछ।

सोहि दिन अपरान्ह, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले पाकिस्तानका लागि चिनियाँ दूतावास गएर मृतकका परिवार र चीन सरकारप्रति समवेदना व्यक्त गर्दै आतङ्कवादी आक्रमणको कडा निन्दा गर्नुभयो। सोही दिन, पाकिस्तानका राष्ट्रपति, परराष्ट्रमन्त्री र गृहमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूले सो आक्रमणको कडा शब्दमा निन्दा गर्दै पीडितहरूप्रति समवेदना प्रकट गरेका छन्।