चाइना मिडिया ग्रूपबाट नयाँ एआई उत्पादनहरू जारी
2024-03-27 16:46:24cri
Share with:

मार्च २७ तारिख चाइना मिडिया ग्रूपले पोआउ एशिया मञ्चमा एआई नयाँ उत्पादन प्रक्षेपण सम्मेलन आयोजना गरेको छ। सो अवधिमा चाइना मिडिया ग्रूपद्वारा उत्पादित धेरै नयाँ एआई उत्पादनहरू चिनियाँ प्राचीन पुस्तकहरूको व्याख्या गरिएको साथै चिनियाँ शास्त्रीय पौराणिक कथाहरूको पनि प्रस्तुत गरिएको छ। विश्वका २६ मुलुकका पत्रकारहरूले चीनको उत्कृष्ट परम्परागत संस्कृति र एआई प्रविधिबीचको "अद्भूत जम्काभेट" देखेका छन्।

उक्त अवसरमा चाइना मिडिया ग्रूपले सीजीटीएनद्वारा अनुवाद गरिएको पूर्ण-प्रक्रियामा एआई प्रविधिबाट बनाइएको चीनको पहिलो माइक्रो-सर्ट ड्रामा "चिनियाँ पौराणिक कथा"का बहुभाषी संस्करणहरू, माइक्रो-सर्ट ड्रामा "एआईद्वारा क्लासिक्स"को श्रृंखला र विदेशी युवाहरूको लागि पूर्ण-प्रक्रिया एआई प्रयोग गरिएर बनाइएको "प्राचीन नायकहरूबाट न जाको किम्वदन्ती" सार्वजनिक गरिएका छन्।

सो सम्मेलनमा चाइना मिडिया ग्रूपका उप-प्रधानसम्पादक अर्थात् सीजीटीएनका प्रधान सम्पादक फान युनले एआई एप्लिकेसन, कन्टेन्ट प्राक्टिस, प्राविधिक नवीनता र एप्लिकेसन स्पेसिफिकेसनमा चाइना मिडिया ग्रूपको सक्रिय अन्वेषणको परिचय दिनुभयो। फान युनका अनुसार, चाइना मिडिया ग्रूपले चिनियाँ मिडियामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगका लागि पहिलो स्पेसिफिकेसन तयार गरी जारी गरेको छ जसमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमा पालना गर्नुपर्ने कानून र नियमहरूलाई स्पष्ट पारिएको छ। साथै विविध प्रकारका गोपनीयताको रक्षा गर्ने, बौद्धिक सम्पदा अधिकारको सम्मान गर्ने लगायत महत्वपूर्ण सिद्धान्तहरू समेटिएको छ। कृत्रिम बुद्धिमत्ताको अनुप्रयोगमा, समाचारको सत्यताको सिद्धान्तको पालना गर्ने आवश्यकता र कृत्रिम बुद्धिमत्ता प्रविधिको सहयोगमा उच्च गुणस्तरको सांस्कृतिक कृतिहरू सिर्जना गर्ने कुरामा पनि चाइना मिडिया ग्रूपले जोड दिएको छ।

सो अवधिमा चिनियाँ परराष्ट्र मन्त्रालय, पोआउ एशिया मञ्च र हाइनान प्रान्तीय पार्टी कमिटीको प्रचार विभागका अतिथि एवम् केही आर्टिफिसियल इन्टेलिजेन्स विज्ञहरूको सहभागिता थियो।

यस वर्षको पोआउ एशिया मञ्चमा आर्टिफिसियल इन्टेलिजेन्स भन्ने विषय सहभागी अतिथिहरूका बीच एक चर्चित विषय बनेको छ। वैज्ञानिक र प्राविधिक क्रान्ति, एआईजीसी र आर्टिफिसियल इन्टेलिजेन्सको विश्वव्यापी शासन व्यवस्थाको बारेमा आयोजकहरूले धेरै छलफलहरू आयोजना गरेर व्यापक ध्यानाकर्षित गरियो।