चिनियाँ परराष्ट्रमन्त्री वाङ यीद्वारा मस्को आतंकवादी हमलाको निन्दा
2024-03-27 19:15:45cri
Share with:

चिनियाँ विदेशमन्त्री वाङ यीले मस्कोमा भएको आतंकवादी हमलाको बारेमा रुसी दूतावासले जारी गरेको अनलाईन शोकपुस्तिकामा मंगलबार सन्देश छोड्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै चीनले सबै प्रकारका आतंकवादको विरोध गरेको बताउनुभयो। उहाँले आतंकवादी हमलाको कडा निन्दा गर्दै आफ्नो राष्ट्रिय सुरक्षा र स्थिरताको रक्षा गर्नका लागि रुसी सरकारको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने उल्लेख गर्नुभयो।

सीजीटीएनका अनुसार गत मार्च २२ मा मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा कम्तीमा १३९ जनाको मृत्यु भएको थियो जुन रुसमा वर्षौं यताको सबैभन्दा हृदयविदारक आतङ्कवादी घटना मानिएको छ।

यसैबीच आक्रमणमा संलग्न भएको आरोपमा मार्च २४ तारिख चार जनालाई नियन्त्रणमा लिइएको छ। आतंकवादको आरोप लागेका उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान गर्न आदेश दिइएको छ।