नयाँ चरणको वैदेशिक व्यापार स्थिर बनाउने नीति र उपायको अध्ययन गर्दै
2024-03-27 14:55:39cri
Share with:

चीनको राज्य परिषद्को सूचना कार्यालयद्वारा मार्च २६ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनको वाणिज्य उपमन्त्री क्व थिनथिनले विगत दुई महिनामा चीनको उपभोक्ता बजार पुन:उत्थान भएको र हाल वैदेशिक व्यापारको स्थिरताका लागि नयाँ चरणको नीति तथा उपायहरूको अध्ययन भइरहेको बताउनुभएको छ।

 

क्व थिनथिनले पहिलो दुई महिनामा चीनको आयात र निर्यात व्यापारमा राम्रो सुरुवात देखिएको र निर्यात तीव्र गतिमा वृद्धि हुनुको साथै "बेल्ट एण्ड रोड" प्रस्तावको व्यापारिक सहकार्य घनिष्ट बन्दैआएको बताउनुभयो।

 

यस बाहेक उहाँले चीनको वैदेशिक व्यापारले सामना गरिरहेको बाह्य अवस्था अझै गम्भीर रहेको पनि औँल्याउनुभयो।