चीन नेपाल सम्बन्धमा लीलामणि पौड्याल
2024-03-27 17:07:22CRI
Share with:

चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल पहिले नेपाल सरकारको मुख्य सचिव हुनुहुन्थ्यो। उहाँ सन् २००३ देखि २००७ सम्म चीनको स्वायत्त प्रदेश तिब्बतमा नेपाली महावाणिज्यदूतका रुपमा काम गर्नु भएको थियो। पौड्याल चीन नेपाल सम्बन्धमा सधैँ सक्रिय हुनुहुन्छ। उहाँले चीनका विभिन्न मञ्चहरुमा दुई देशबीचको सम्बन्धमा आफ्ना गहन मन्तव्य राख्दै आउनु भएको छ। उहाँका विचार र भनाइहरु देशका सम्बन्धमा कोशेढुङ्गा साबित भएका छन्।