फङ ली युआन र जर्मन केडीयू चाइनिज कोइरका शिक्षक र विद्यार्थी प्रतिनिधिहरूसँग भेट
2024-03-29 16:28:50cri
Share with:

मार्च २८ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआनले चीन भ्रमणमा रहेका जर्मन केडीयू चाइनिज कोइरका शिक्षक र विद्यार्थीका प्रतिनिधिसँग पैचिङ नम्बर ३५ माध्यमिक स्कुलमा भेटघाट गर्नुभएको छ।

फङ ली युआनले केडीयू चाइनिज कोइरका शिक्षक र विद्यार्थीहरूलाई फेरि चीन भ्रमणमा आएकोमा न्यानो स्वागत गर्दै १० वर्षको लगनशीलतासहित गायन र फलदायी परिणामहरू प्रदान गरेकोमा बधाई दिनुभयो। फङ ली युआनले विद्यार्थीहरूले संगीतको सुनौलो कुञ्जीप्रयोग गरेर सुन्दर धुनहरूमा चिनियाँ संस्कृतिको आकर्षण महसुस गर्दै जाने र चीन-जर्मन मित्रताको नयाँ पुस्ताका राजदूतहरू बन्ने आशा पनि व्यक्त गर्नुभयो।

कोइर एसोसिएसनका अध्यक्ष मिलम्यानले फङ ली युआनले गरिरहेको हेरचाह र सहयोगको लागि धन्यवाद दिनुभयो। उनीहरूको गीतमार्फत् बढीभन्दा बढी जर्मन किशोरहरूले चीनलाई बुझेर माया गर्ने र उनीहरू जर्मन र चिनियाँ युवाहरू बीच पारस्परिक समझदारी र मित्रतालाई निरन्तर बढाउने अपेक्षा पनि गर्नुभयो।