२०औं सीपीसी केन्द्रीय समितिको दोस्रो चरणको घुम्ती छानबिन सम्बन्धी विस्तृत प्रतिवेदन" को लेखाजोखा
2024-03-29 20:24:08cri
Share with:

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्युरोले मार्च २९ तारिख "२० औँ केन्द्रीय समितिको दोस्रो चरणको घुम्ती छानबिन सम्बन्धी विस्तृत प्रतिवेदन" को लेखाजोखा बैठक आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

सी चिनफिङ कोरको रूपमा रहेको पार्टी केन्द्रीय समितिले घुम्ती छानबिन कार्यलाई ठूलो महत्व दिएको र चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन यता, केन्द्रीय व्यवस्थापन अन्तर्गत राष्ट्रिय स्वामित्वयुक्त उद्यमहरूको पूर्ण छानबिनलाई पूरा गरेको उक्त बैठकमा उल्लेख गरिएको छ।