पोआउ एशिया मञ्चमा विभिन्न क्षेत्रद्वारा संयुक्त रूपमा विश्व शान्तिकालागि बौद्धिक सम्पत्ति प्रवर्द्धनको चर्चा
2024-03-29 15:22:11CRI
Share with:

मार्च २८ तारिख, पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलनमा ”दिगो विकासकालागि बौद्धिक सम्पत्तिको प्रवर्द्धन” उच्च गुणस्तरीय राउण्डटेबलको आयोजना गरिएको छ। सहभागीहरूले संयुक्त राष्ट्र संघ सन् २०३० दिगो विकासको उद्देश्यमा बौद्धिक सम्पत्तिको परिवृत्ति र उद्योग नवीनतामार्फत विश्वभरि हरित दिगो विकास हासिल गर्न गहकिलो रूपमा चर्चा गरेका छन्।

हालैका वर्षहरूमा, चीनले वैज्ञानिक र प्राविधिक नवीनताद्वारा उद्योग नवीनता अघि बढाएको छ र हरित उद्योगको विकासलाई सजीव तुल्याएको छ। चीनले विश्वकालागि ५०% वायु ऊर्जा उपकरणहरू र ८०% फोटोभोल्टिक मोड्युल उपकरणहरू प्रदान गरेको छ। चीनको नयाँ ऊर्जा गाडीको उत्पादन र बिक्री लगातार ८ वर्षदेखि विश्वमा पहिलो स्थानमा रहेको छ। सहभागीहरूले हरित उद्योगको तीव्र विकासमा बौद्धिक सम्पत्तिको अभिनवनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।