पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलनले अन्तर्राष्ट्रिय समाजको नजर तान्ने
2024-03-29 14:51:08CRI
Share with:

केही दिनयता ६० भन्दा बढी मुलुक र क्षेत्रका लगभग २ हजार अतिथिहरूले पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलनमा भेला भई एशिया र विश्वले सँगै मिलेर चुनौतीको कसरी सामना गर्ने र कर्तव्यको कसरी बहन गर्ने विषयबारे विचार विमर्श गरिरहेका छन्। त्यसबाट अन्तर्राष्ट्रिय समाजको नजरलाई तानेको देखिन्छ। विविध मुलुकका व्यक्तिहरूले के ठहर गरेका छन् भने चीनको अर्थतन्त्रको उच्च गुणस्तरीय विकास र उच्चस्तरीय वैदेशिक खुलापन भएकाले क्षेत्रीय सहकार्यलाई सबल पार्ने र सँगै मिलेर विकास अवसरको उपभोग गर्ने विषयप्रति पुरै विश्व आशावादी रहेको छ।

 

संयुक्त अरब इमिरेट्सको प्रमुख प्रेस नेटवर्कका महासम्पादक ओमेल थार्हाबुबुका अनुसार, हाल चीनले जोडतोडसँग उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै आएकोले अनिश्चित तत्व भरिपूर्ण देखिने अन्तर्राष्ट्रिय परिस्थितिमा स्थिर तत्वहरू ल्याउनुका साथै चीनको अर्थतन्त्रले दीर्घ रूपमा राम्रो बन्ने प्रवृत्तिप्रति विश्वलाई विश्वस्त बनाएको छ।

 

तान्जानिया उद्योग-वाणिज्य संघका अध्यक्ष विसेन्ट मिर्जाका अनुसार, चीन हरित ऊर्जाको सुधार हुने बाटोलाई कायम राख्ने कुराबाट चिनियाँ सर्वसाधारणबाहेक तान्जानिया लगायतका अन्य मुलुकका जनता पनि लाभान्वित हुनेछन्।