चीनले दक्षिण चीन सागरमा फिलिफिन्सलाई केही गतिविधि गर्न नदिने
2024-03-29 14:56:25CRI
Share with:

चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ता उछेनले अमेरिकाले दक्षिण चीन सागरको परिस्थितिलाई डामाडोल मच्चाउन खोजेको भन्दै यस समस्यामा जथाभावी रूपमा फिलिपिन्सलाई केही गतिविधि गर्न नदिने बताउनुभएको छ। उहाँले चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयद्वारा मार्च २८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा औँल्याउनुभएको हो।

 

केही समयअघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले दक्षिण चीन सागर सम्बन्धी चीनको कारवाईप्रति केही धारणा व्यक्त गर्नुभएको थियो। यसबारे चर्चा गर्दै प्रवक्ता उछेनले दक्षिण चीन सागर को सन्दर्भमा चीनले धेरैपटक गम्भीरताका साथ अडानलाई स्पष्ट पारेको बताउनुभएको छ। चीनले बाह्य शक्तिको हस्तक्षेप र अधिकार उल्लङ्घनको विरोध गर्नुका साथै दृढताका साथ आफ्नो भूखण्डको सार्वभौमिकता र सामुद्रिक हकअधिकारको संरक्षण गर्दै जाने पनि प्रवक्ता उछेनले जोड दिनुभएको छ।