तिब्बतमा दासप्रथा अन्त्यको ६५औँ वार्षिकोत्सव
2024-03-29 15:03:39CRI
Share with:

यही मार्च २८ तारिख चीनको तिब्बतमा दशौँ लाख दासदासी मुक्त भएको ६५औँ वार्षिकोत्सव मनाइएको छ। ल्हासास्थित तिब्बत सङ्ग्रहालयमा तिब्बतको इतिहासका साथै साधारण मानिसमाथि सामन्तीवर्गको क्रूरता देख्न सकिन्छ। आममानिसलाई जनावरसरह व्यवहार गरिएको त्यो बेला प्रयोग भएका सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। प्रदर्शनमा राखिएका कतिपय वस्तुहरू मानव अंग, हाड र छालाबाट निर्मित छन्। त्यो समयको आममानिसको दयनीय अवस्था र सामन्ती वर्गको राक्षसी प्रवृत्तिलाई तस्वीर, मूर्तिकला र श्रव्यदृश्यमार्फत् देखाइएको छ।

सन् १९५९ मार्च २८ चीन केन्द्रिय सरकारले तिब्बतमा प्रजातान्त्रिक सुधार गर्दै सामन्ती दास प्रणाली हटाएर दासहरूलाई दासत्वबाट मुक्त गरेको थियो। जसबाट लाखौँलाख दासहरु स्वतन्त्र भएका थिए।

हाल स्थिर समाज, समृद्ध अर्थतन्त्र तथा संस्कृति र सुन्दर पर्यावरणीय वातावरण भएको एउटा नयाँ तिब्बत देखिन्छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/