चीनमा अवसर नै अवसर
2024-03-30 16:14:51cri
Share with:

पोआउ एशिया मञ्च-२०२४ वार्षिक सम्मेलनमा अमेरिकाको ब्रुकिंग्स इन्स्टिच्युटका सिनियर अनुसन्धानकर्ता ताङ रुइसीले यसरी भन्नुभयो, 'मेरो भविष्य यहीँ चीनमै छ।’ उहाँ विश्वका धेरै देशहरूमा बस्नुभएको छ र अहिले चीनमा आधारित हुनुहुन्छ। वर्षौंदेखियता, उहाँ चीनको विकास क्षमता र खुला र मैत्रीपूर्ण वातावरणबाट निकै प्रभावित हुनुभएको छ।

यस वर्ष मञ्चमा विश्वका ६० भन्दा बढी देश र क्षेत्रका राजनीतिक, व्यापारिक र थिंक ट्यांक विद्वानहरू गरी लगभग २ हजार जना प्रतिनिधिहरूले भाग लिएका छन्। ४ दिनसम्म चलेको उक्त सम्मेलनमा सहभागीहरूले 'एशिया र विश्वः साझा चुनौती, साझा जिम्मेवारी' विषयमा गहन छलफल गर्नुका साथै 'ऐक्यबद्धता, सहयोग र संयुक्त विकास'का लागि एशियाली आह्वान पनि जारी गरेका छन्। तीमध्ये चीनको सकारात्मक भूमिकालाई विभिन्न पक्षहरूले व्यापक रूपमा मान्यता दिएका छन्।

मञ्चको अवधिमा, अतिथिहरूले "नयाँ गुणस्तरीय उत्पादन शक्ति"को बारेमा चर्चित छलफल गरे। चीनका लागि टर्कीका राजदूत मौसाले नयाँ गुणस्तरको उत्पादन शक्तिको अर्थ वर्तमान विश्वव्यापी चुनौतीहरूको सामना गर्ने र भविष्यको राम्रो सामना गर्ने क्रममा चीनले नयाँ आर्थिक विकास मोडेलको तयारी गरिरहेको व्यक्त गर्नुभयो।

यसबाहेक, सहभागीहरूले चीनमा द्रुत हरित विकास भइरहेको छ भन्ने सहज भावना पनि राखेका छन्। चीनको हरित पूर्वाधार, हरित ऊर्जा, हरित जीवन लगायतका क्षेत्रमा गरिएको लगानी र उपभोग बजार हरेक वर्ष १०० खरब युआन पुग्ने सम्बन्धित तथ्याङ्कले देखाएको छ।

साझा विकासको खोजी त खुलापनबाट अविभाज्य छ। चीनको खुलापनबारे चर्चा गर्दै ओलिभर वाइमन कम्पनीका म्यानेजिङ पार्टनर ओलिभर वाइमनले यसरी भन्नुभयो, आर्थिक विश्वव्यापीकरणको सामु चुनौती देखा परिरहँदा एशियाले वस्तु र पुँजीको स्वतन्त्र प्रवाहका लागि प्रयास गरिरहेको छ र चीन नै यसको केन्द्रमा रहेको छ। यसै कारणले विदेशी कम्पनीहरूले यहाँ विकास गर्नु अति आवश्यक छ।

नविन, हरित, खुला, साझा भन्ने भविष्य चीनमा रहेका मानिसहरूले देखेका छन्। पाकिस्तानको राष्ट्रिय टेलिभिजन स्टेशन समाचार केन्द्रका प्रमुख मीर सलेम खान जेगासाको नजरमा यो चीनको मात्र नभई एसिया र विश्वको भविष्य पनि हो । "