सी चिनफिङ र कजाकिस्तानका राष्ट्रपतिद्वारा बेग्ला-बेग्लै रुपमा चीनको “कजाकिस्तान पर्यटन वर्ष”को उदघाटन समारोहलाई शुभकामना सन्देश
2024-03-30 15:38:40cri
Share with:

सी चिनफिङ र कजाकिस्तानका राष्ट्रपतिद्वारा बेग्ला-बेग्लै रुपमा चीनको “कजाकिस्तान पर्यटन वर्ष”को उदघाटन समारोहलाई शुभकामना सन्देश

मार्च २९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले बेग्ला-बेग्लै रुपमा सन् २०२४ चीनको “कजाकिस्तान पर्यटन वर्ष”को उद्घाटन समारोहलाई शुभकामना सन्देश पठाउनुभएको छ।

सी चिनफिङले सन् २०१३मा कजाकिस्तानमा पहिलो पटक “रेशमी मार्गको आर्थिक पेटी” निर्माणको प्रस्ताव प्रस्तुत गर्नुभएको  थियो।  विगत दश वर्षमा दुई मुलुकमा विभिन्न क्षेत्रको सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको र यसले दुई मुलुकका जनतालाई लाभ दिएको सीले बताउनुभयो। 

यसका साथै सी चिनफिङले साँस्कृतिक आदान-प्रदान र पर्यटकीय सहयोग चीन र कजाकिस्तानका जनताहरूबीच आदान-प्रदान भएको महत्वपूर्ण पुल र पेटी हो भन्दै दुई मुलुकले पर्यटन वर्षलाई सुअवसरको रुपमा लिएर पर्यटनको सहयोगलाई सबल पार्नसक्ने, व्यक्ति आवत-जावतलाई बढाउनसक्ने, दुई मुलुकको भाग्य समुदायको सिर्जना गर्नका लागि नयाँ योगदान दिनसक्ने आशा व्यक्त गर्नुभयो।

तोकायेभले शुभकामना सन्देशमा कजाकिस्तानको दीर्घकालीन इतिहास र सँस्कृति, धेरै पवित्र स्थलहरू, सुन्दर प्राकृतिक दृश्य र उत्साही जनता रहेको भन्दै कजाकिस्तान चिनियाँ पर्यटकद्वारा मन पराइने पर्यटकीय गन्तव्यस्थल बन्नसक्ने कुरा बताउनुभयो।