चीन-यूरोपेली संघ उच्चस्तरीय आदान-प्रदान वार्ता संयन्त्रको छैठौँ बैठकको आयोजना
2024-03-30 16:49:35cri
Share with:

चीन-यूरोपेली संघ उच्च स्तरीय जनताबीचको आदान-प्रदान वार्ता संयन्त्रको छैठौँ बैठक मार्च २९ तारिख पैचिङमा आयोजना भएको छ। चीनको राज्य परिषदका सदस्य शन यिछिन र नविन, अनुसन्धान, सँस्कृति, शिक्षा र युवा मामिलासम्बन्धी यूरोपेली संघका सदस्य इलिना इवानोभाले उक्त बैठकमा भाग लिनुभएको छ।

शन यिछिनले राष्ट्राध्यक्ष सी चिनफिङले गत वर्ष यूरोपेली संघका नेताहरूसँग भेटघाट गर्दै चीन र यूरोपेली संघको सम्बन्धलाई सबल पार्नका लागि रणनीतिक निर्देशन प्रस्तुत गर्नुभएको, दुई पक्षले नेताहरूबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने, उच्च स्तरीय वार्ता संयन्त्रको निर्देशकीय भूमिका निर्वाह गर्ने, जनताहरूबीचको आदान-प्रदान र सहयोगलाई बढाउने, शिक्षा, विज्ञान तथा प्रविधि, खेलकुद, युवा, महिलाआदि क्षेत्रहरूको आदान-प्रदान र सहयोगलाई अगाडि बढाउने कुरा बताउनुभयो।

इवानोभाले यूरोपेली संघ र चीनका जनताबीचको आदान-प्रदान र सहयोगले प्राप्त गरेको सकारात्मक उपलब्धिको उच्च मूल्यांकन गर्नुभयो।