विश्वमा ऊर्जा थप्ने ३ पहलहरूमा नाउरूको पूर्ण समर्थन
2024-03-30 18:40:26CRI
Share with:

नाउरु र चीनबीच दौत्य सम्बन्ध स्थापना गर्ने निर्णयले नाउरुका जनता र नाउरुको विकासका लागि के अर्थ राख्छ भन्ने बारेमा नाउरुका राष्ट्रपति डेविड रेनिबोक अडिआङले हालै चाइना मिडिया ग्रूपसँगको अन्तर्वार्तामा ब्याख्या गर्नुभएको छ।

उहाँले यसरी भन्नुभयो, ‘नाउरु विश्वको सबैभन्दा सानो देशहरूमध्ये एक हो र एक सानो टापु विकासोन्मुख मुलुक पनि हो। हामी विकासमा हरेक देशले सामना गर्ने चुनौतीहरूको सामना गर्ने गर्दछौं। चीन र उसको उदयलाई बेवास्ता गर्न सकिँदैन र मानव विकासमा महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। हामी राष्ट्राध्यक्ष सी चिनफिङले अघि सार्नुभएका अवधारणाहरूसँग सहमत छौं र समर्थन गर्दछौं। हामी तिनीहरूमा भाग लिने आशा गर्दछौं। मलाई लाग्छ कि यी अवधारणाहरूले विश्वमा नयाँ जीवन्त शक्ति थपिँदै जाने छ। हामी आशा गर्दछौं कि अन्य देशहरू जस्तै यी अवधारणाहरूमा भाग लिनेछौं।