पैचिङ अन्तर्राष्ट्रिय वेभ पोर्टलको नयाँ संस्करण आधिकारिक रूपमा संचालित
2024-03-31 16:12:23cri
Share with:

मार्च २८ तारिख पैचिङ अन्तर्राष्ट्रिय वेभ पोर्टल (https://english.beijing.gov.cn/) को नयाँ संस्करण आधिकारिक रूपमा संचालनमा आएको छ। उक्त वेभसाइट पैचिङ अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रका भूमिकाहरूमा केन्द्रित छ, अंग्रेजी, कोरियाली, जापानी, जर्मन, फ्रान्सेली, स्पेनिश, रूसी, अरबी र पोर्चुगिज जम्मा गरी ९ किसिमका भाषाहरूसहित सूचना प्रकाशन, सार्वजनिक सेवा, परामर्श र आदानप्रदान भन्ने भूमिकाहरूलाई एकीकृत गरिएको छ जसबाट विदेशीहरू र विदेशी उद्यमहरूको लागि एक-स्टप, चौब्बीसै घण्टामा अनलाइन सेवाहरू प्रदान गरिन्छ।

"पैचिङको आकर्षण, जीवन्तता र अवसरहरूलाई उजागर गर्ने र यसको माध्यमबाट पैचिङका सेवाहरू संचालन" विचार अनुसार, संशोधित संस्करणले सेवा केन्द्रित गरी विदेशी मित्रहरू र लगानीकर्ताहरूलाई भुक्तानी, यात्रा, अध्ययन, जीवन र पर्यटन लगायत सुविधाजनक शहरी सेवाहरू प्रदान गर्दछ।