चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा "अमेरिकाले हङकङ विशेष प्रशासनिक क्षेत्रका अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाएको" प्रति जवाफ
2024-04-01 15:55:49cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयले अप्रिल १ तारिख नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा एक पत्रकारले “अमेरिकी राज्य विभागद्वारा हालै "हङकङ नीति ऐन" प्रतिवेदन सार्वजनिक गरेको तथा अमेरिकी राज्य सचिवले यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै यसले हङकङ विशेष प्रशासनिक क्षेत्रका अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेकोप्रति चीनको प्रतिक्रिया के छ? ” भनेर प्रश्न गरेका छन्।

 

सो सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले भन्नुभयो कि, “अमेरिकाले एकपटक फेरि हङकङको राष्ट्रिय सुरक्षा कानून, विशेष प्रशासनिक क्षेत्र निर्वाचन प्रणाली र हङकङको राष्ट्रिय सुरक्षा नियमहरूलाई बदनाम र निन्दा गर्न तथाकथित "रिपोर्ट" जारी गरेको छ। सो "रिपोर्ट" ले हङकङको प्रजातन्त्र, कानूनी शासन, मानव अधिकार र स्वतन्त्रताविरुद्ध झूटो दाबी तथा हङकङ विशेष प्रशासनिक क्षेत्रका अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लागू गरेको छ। सो "रिपोर्ट" ले  हङकङको मामिलामा र चीनको आन्तरिक मामिलामा गम्भीर रूपमा हस्तक्षेप गरेको छ र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डहरूलाई गम्भीर रूपमा उल्लङ्घन गरेको छ। चीन यसप्रति असन्तुष्ट व्यक्त गर्दछ र दृढताका साथ विरोध गर्दछ र अमेरिकासमक्ष कडारूपमा उभिएको छ साथै प्रतिवेदन पेश गरेको छ।”