१३५ औँ क्यान्टन मेला अप्रिल १५ देखि मे ५ तारिखसम्म क्वाङ चौमा आयोजना हुँदै
2024-04-01 16:50:34cri
Share with:

१३५ औँ चीन आयात तथा निर्यात मेला अर्थात् क्यान्टन मेला अप्रिल १५ देखि मे ५ तारिखसम्म क्वाङ चौमा आयोजना गरिनेछ। हाल विभिन्न तयारी कार्य सुचारू रूपमा भइरहेको छ।

 

अप्रिल १ तारिख राज्य परिषद्को प्रेस कार्यलयद्वारा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार, १३५ औँ क्यान्टन मेलाको कुल प्रर्दशनी क्षेत्रफल १५ लाख ५० हजार वर्गमिटर रहेको छ। जम्मा २८ हजार ६ सय व्यवसाय निर्यात प्रदर्शनीमा सहभागी हुनेछन् भने ६ सय ८० वटा व्यवसाय आयात प्रदर्शनीमा संलग्न हुनेछन्।

 

प्राप्त जानकारी अनुसार, क्यान्टन मेलाको स्थापना गरेयता सशक्त रूपमा चीन र विश्वका विभिन्न मुलुक र क्षेत्र बीचको व्यापारिक आदानप्रदान र मैत्रीपूर्ण आवत जावतलाई प्रबर्द्धन गरिँदै आएको छ।