प्यालेष्टाइनको नयाँ सरकारलाई अन्तर्राष्ट्रिय समाजले समर्थन गर्नुपर्ने चीनको भनाइ
2024-04-01 16:50:06cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अप्रिल १ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री एवम् विदेश मन्त्री मुहमद मुस्ताफाको नेतृत्वमा रहेको प्यालेष्टाइनको नयाँ सरकारको शपथ ग्रहण गरेकामा उहाँलाई बधाई व्यक्त गर्नुभएको छ। प्रवक्ता वाङ वन पिनले प्यालेष्टाइनका विभिन्न राजनीतिक पक्षले छलफल तथा संवादमार्फत आन्तरिक मेलमिलापका लागि प्यालेष्टाइनको नयाँ सरकारलाई अन्तर्राष्ट्रिय समाजले समर्थन गर्न चीनले आह्वान गरेको बताउनु भएको छ।

प्यालेष्टाइनको नयाँ सरकारले मार्च ३१ तारिख औपचारिक रुपमा शपथ ग्रहण गरेको छ। चीनले अन्तर्राष्ट्रिय समाजसँगै मिलेर युद्ध विराम गर्न, सर्वसाधारणको संरक्षण गर्न, वर्तमान तनावपूर्ण स्थितिलाई खुकुलो पार्न र प्यालेष्टाइन समस्यालाई “दुई मुलुकको प्रस्ताव” भन्ने सही बाटोमा फर्काउनका लागि योगदान पुर्‍याउनेमा प्रवक्ता वाङले जोड दिनुभयो।